काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुत्ता प्रहारको प्रयास भएको छ ।  प्रहरी अनुसन्धानका क्रममा जुम्ला घर भएका उनी पूर्वमाओवादी लडाकूका छोरा भएको खुलेको छ ।

तिरुवाले लोकसेवा आयोगको तयारी गरिरहेको पाइएको काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनका बुबा मोहन तिरुवा माओवादी द्वन्दकालमा मारिएका थिए । तिरुवा डल्लु बस्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

आक्रामणकारीले प्रचण्डले गरेको वर्गसंघर्षको कुराले आफूलाई आक्रोशित बनाएको बताएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले भाषणको क्रममा गरेको बर्गसंघर्षको कुरा आफूलाई चित्तै नबुझेको बताए । उनले यही आवेगमा प्रचण्डमाथि जुत्ता हानेको बताएका छन् ।