यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना सङ्क्रमण
खबर एक्सप्रेस
२०७७-०७-०३ ०४:४७ मा प्रकाशित
Total Shares: 237
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
सोमबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्री नेम्वाङले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना सङ्क्रमण देखिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस