नेष्डो लघुवित्तको आइपिओ आज बाँडफाँट
खबर एक्सप्रेस
२०७८-११-२४ १०:१४ मा प्रकाशित
Total Shares: 237
काठमाडाैं - नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६ हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ ।
नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ । एक सय अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएकाे थियाे । सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएकाे थियाे ।
फेसबुक पेज Like गर्नुहोस