आज विश्व शहर दिवस मनाइँदै
खबर एक्सप्रेस
२०७७-०७-१५ १२:२६ मा प्रकाशित
Total Shares: 533
काठमाडौं - 'समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर' भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ ।
यस वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ । दिवसका अवसरमा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण भएकामा जोड दिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस