केही दिनमै देशको बागडोर जननिर्वाचित प्रतिनिधिको हातमा पुग्नेछ : प्रधानमन्त्री कार्की
खबर एक्सप्रेस
२०८२-११-१८ ०१:०१ मा प्रकाशित
Total Shares: 49
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनलाइ स्वच्छ, शान्तिपूर्ण, र ऐतिहासिक बनाउन अपिल गरेकी छिन्। केही बेरअघि देशवासीका नाममा सम्बोधन गर्दै उनले इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई आफूले मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएको बताएकी छिन्।
निर्वाचनपछि निर्वाचित सरकारले देशको नेतृत्व गर्ने उनले बताएकी छन्। ‘मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ’, उनले भनिन्, ‘अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस