राष्ट्रिय सभाको बैठकलाई प्रधानमन्त्री ओली सम्बोधन गर्दै
खबर एक्सप्रेस
२०८२-०४-१५ १२:३८ मा प्रकाशित
Total Shares: 32
काठमाडौं-आज बस्ने राष्ट्रिय सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।
बैठक दिउँसो सवा १ बजे बस्दैछ । ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) बारे सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ प्रस्तुत गर्दैछन् ।
यसै विषयमाथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री ओलीले जवाफसहित सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस