एकैदिन ३४ सयले घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-०७-२५ ०८:२८ मा प्रकाशित
Total Shares: 369
काठमाडौं - मंगलबार सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा ३ हजार ४ सय रुपैयाँले घटेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ३ सय रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा ७० रुपैयाँले घटेर एक हजार २ सय १५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस