अब माइतीघर–तीनकुनेमा पनि साइकल लेन
खबर एक्सप्रेस
२०७६-०८-२७ ११:०० मा प्रकाशित
Total Shares: 278
काठमाडौं - काठमाडौं महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने भएको छ ।
हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित साइकल लेन व्यवस्थित गर्न लागिएको हो ।
साइकल लेनको सञ्चालनसम्बन्धि गुरुयोजना बनाई माइतीघर–तीनकुने साँढे दुई किलोमिटर सडकमा साइकल लेन सञ्चालनको शुरूवात गर्न लागिएको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।
गोरखापत्र दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस