केपी ओलीले पार्टी एकता भंग गर्न खोजे : माधव नेपाल
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टी एकता भंग गर्न खोजेको आरोप लगाएका छन् ।
कर्णाली प्रदेशका सांसदलाई गरिएको कारबाहीलाई सर्वोच्च अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट गरेपछि उनले असन्तुष्टि जनाउँदै पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको बताएका हुन् ।
‘कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ ।स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।’नेपालले भने ।
फेसबुक पेज Like गर्नुहोस