काठमाडौं - हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेष्टमा ४ जनालाई कोरोना पोजेटिभ देखिएको छ। बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिला र ३ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको टेष्टमा संलग्न एक सदस्य उत्सव चौलागाईले बताए।

उनीहरूमध्ये भारत विहार घर भई हेटौंडा–४ आफन्तकोमा आएकी ५५ वर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ बर्षीय एक वृद्ध, भारत बैङलोरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय एक युवक रहेका छन्। उनीहरुलाई पिसिआर जाँचका लागि स्वाब संकलनका लागि हेटौंडा अस्पताल लगिएको छ।

हेटौंडा–१५ मा गरिएको टेष्टमा भने सबैको नेगेटिभ पाइएको छ। परिवारका सबैको स्वाब परिक्षण हुँदै र्‍याापिड टेष्टमा पोजेटिभ पाइएकाहरुका परिवार, नियमित सम्पर्क हुनेहरुको पनि स्वाब संकलनका लागि अस्पताल लगिएको छ।