प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा
खबर एक्सप्रेस
२०७६-१०-२७ ११:०० मा प्रकाशित
Total Shares: 411
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् । प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि सोमबार बिहान धापासीस्थित ग्राण्डी अस्पताल पुगेका ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यकै कारण आइतबार पार्टीको सचिवालय बैठक स्थगित भएको थियो । आइतबारकै पूर्व निर्धारित कार्यक्रममा पनि उनी सहभागी भएका थिएनन् ।
प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएको आइतबारको पूर्व निर्धारित कार्यक्रम ‘सगरमाथा राष्ट्रिय संवाद’कार्यक्रममा पनि उनी सहभागी नभई उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस