चितवनका एसपी मल्लले बुझे रवाना
काठमाडौं - चितवनका प्रहरी उपरीक्षक एसपी दानबहादुर मल्ल अन्ततः चितवन छाडेर सरुवा भएको स्थानमा जाने भएका छन् । पुस ४ गते भएको एसपीको सरुवामा मल्ललाई चितवनबाट त्रिभुवन विमानस्थल सरुवा गरिए पनि उनी त्यहाँ आउन अटेर गरेर बसेका थिए ।
प्रहरी प्रधान कार्यालयले एसपी मल्लको स्थानमा एसपी गंगा पन्तलाई सरुवा गरेपछि उनी सरुवा भएको स्थानमा जान अटेर गरेर चितवनमै रहेका थिए । अन्ततः गंगालाई चितवन नपठाउने सर्तमा मल्लले चितवन छोड्न लागेका हुन् ।
मल्लको ठाउँमा अब एसपी नवराज अधिकारी वा कृष्ण पंगेनीमध्ये एकजनालाई पठाउने सहमतिमा मल्ल चितवन छोड्न राजी भएका हुन् । मल्लले यही सर्तमा आज (शुक्रबार) चितवनबाट सम्बन्धित ठाउँमा जान रमाना लिइसकेका छन् ।
मल्ल हाल नेकपाका दोस्रो वरीयताका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डका पूर्वअंगरक्षकसमेत रहेका थिए । सरुवामा परेपछि चितवन छाड्न अस्वीकार गरेका मल्ललाई बिहीबार प्रहरी प्रधान कार्यालयको निर्देशनमा ३ नम्बर प्रदेश प्रहरीले १२ घन्टाभित्र चितवन छाड्न निर्देशन दिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस