थप ११ संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार ६ सय ७४ पुग्यो
खबर एक्सप्रेस
२०७७-०८-२६ ०४:०८ मा प्रकाशित
Total Shares: 312
काठमाडौं - नेपालमा एकैदिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार १२ जना संक्रमितको मृत्यु भएको थियो।
एकै दिन १ हजार ४४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ। कुल संक्रमितमध्ये १२ हजार १ सय ४८ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख २० हजार ६ सय १८ पुगेको छ। हाल ५ सय १९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस