काठमाडौं - नेपाल सरकारले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूमध्ये ६ जना नेपाली पर्वतारोही अझै सम्पर्कविहीन रहेको जनाएको छ ।

केही शव फेला परेको भन्ने खबरहरू सार्वजनिक भए पनि पर्यटन विभागले हालसम्म कुनै पनि आरोहीको मृत्युको आधिकारिक पुष्टि गरेको छैन । विभागले आरोहण टोलीमा रहेका ६ जना नेपालीलाई अझै ‘बेपत्ता’ सूचीमै राखेको हाे ।

यसैबीच, पर्यटन विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उद्धार तथा खोजी कार्यमा पाकिस्तान सरकारसँग आवश्यक समन्वय गर्न इस्लामावादस्थित नेपाली दूतावासलाई निर्देशन दिइएको बीबीसीले जनाएकाे जानकारी गराएकाे छ।