अरनिको र मध्य पहाडी राजमार्ग पहिरोले अवरुद्ध
काठमाडौं- लगातारको वर्षासँगै पहिरो खस्दा देशका दुई प्रमुख राजमार्ग—अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग—पूर्णरूपमा अवरुद्ध भएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित कोदारीमा ठूलो पहिरो खस्दा अरनिको राजमार्ग बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माथिबाट खसेको पहिरोले सडक पुरिएकाले यातायात सम्पर्क पूर्णरूपमा विच्छेद भएको हो ।
यस्तै, जाजरकोटको छेडागाड नगरपालिका–३ दंखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी लोकमार्ग पनि माथिबाट खसेको पहिरोले अवरुद्ध भएको छ । पहिरोका कारण सवारी आवागमन रोकिएको र बाटो खुलाउन डोजर प्रयोग गरेर प्रयास भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने स्थानीयवासीको दैनिक जीवन प्रभावित भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस