काठमाडौं - चितवनको खैरहनी नगरपालिका –०१ तरकारी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब १२:२३ बजे नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३०/३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २५/२६ वर्षीया महिला गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएकोमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको हो । मृतकहरूको नाम, थर र वतन खुल्न बाँकी रहेको प्रहरीको भनाई छ ।
बस चालक सर्लाहीको हरिवन नगरपालिका –०८ निवासी ५१ वर्षीय अजयकुमार मास्के र दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

.gif)


