फेरि घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-०८-१० १०:३९ मा प्रकाशित
Total Shares: 273
काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोलामा १ हजार रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९१ हजार रहेको छ । मंगलबार पनि सुन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस