काठमाडौं - सरकारद्वारा प्रतिबिन्धत नेत्र विक्रम चन्दको नेपाल कम्युनिष्ट पार्टी नेकपाले गोर्खा भर्ति खारेज गर्न माग गरेको छ ।

शनिबार पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवले एक प्रेस विज्ञप्ति जारी गर्दै गोर्खा रेजिमेन्ट अंग्रेज साम्रज्यावदकालिन नेपाली राणाकालिन सम्झाैताको निरन्तरता भएको जनाएका छन । उनले भनेका छन,पैसा र चाकडीका लागि युवालाई अर्काको देशमा लड्न पठाउने चलन २१ औं सताव्दीमा अपाच्य, अस्विकार्य एवम लज्जास्पद विषय हो । यसै कारण नेपाली जनताले खारेजीको माग गर्दै आएका छन ।

चीन र भातबीच गलवान उपत्यकामा सिमा विवादका कारण भिडन्त हुँदा भारतीय सैनिकहरु मारिएपछि तनाव चुलिएको उल्लेख गर्दै भारतले आफनो सेना (गोर्खा रेजिमेन्ट)मा कार्यरत नेपाली युवाहरुलाई विदा कटाएर फिर्ता बोलाएको भन्दै आपत्ती जनाएका छन ।

साथै दुई देशकाबीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ति भएर अर्काको देशको लागि लडनु पर्ने कुरा स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै असंलग्न राष्टहरुले अवलम्बन गरेका सिद्धान्त विपरित रहेकाले नेपाली युवाहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्दै गोर्खा रेजिमेन्ट तत्काल खरेज गर्न माग गरिएको छ ।

विज्ञप्ति 

bipolop