संसद विघटनको बिरोध गर्दै काठमाडौंमा राँके जुलुस
खबर एक्सप्रेस
२०७७-०९-०९ ०७:०८ मा प्रकाशित
Total Shares: 497
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले काठमाडौंमा मसाल जुलुस निकालेको छ। सरकारविरुद्ध प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले बबरमहल र बिजुलीबजारमा मसाल जुलुस निकालेको हो।
संसद विघटनको विरोधमा प्रचण्ड-नेपाल पक्षको बिहीवार बसेको केन्द्रीय कमिटी बैठकले सरकारविरुद्ध देशभर विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ। बैठकले संघर्षका कार्यक्रम सञ्चालन गर्नका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कमिटी समेत बनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस