भारतमाथिको फिफाको निलम्बन फुकुवा
काठमाडौं - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)माथि अनिश्चितकालका लागि लगाएको निलम्बन फुकुवा गरेको छ । ब्यूरो अफ फुटबल काउन्सिलले शुक्रबार एआइआइएफमाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हाे ।
एआइएफएफमा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले साउन ३० गते भारतमाथि निलम्बन गरेको थियो । तर, दैनिक कार्यसञ्चालनका लागि एआइएफएको पुरानै समितिलाई दिने पक्का गरेसँगै फिफाले निलम्बन फुकुवा गरेको हो ।
एआइएफएफको चुनावी साधरणसभा सेप्टेम्बर २ मा हुँदैछ । फिफाले एआइएफएफको दैनिक गतिबिधीमा निरन्तर निरिक्षण गर्ने र चुनावमा पनि सहयोग गर्न जनाएको छ ।
निलम्बन फुकुवासँगै आगामी अक्टोबरमा तय भएको यू-१७ महिला विश्वकप पनि भारतमै आयोजना हुनेछ । साथै भारतले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप पनि खेल्न पाउने छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस