काठमाडौं - नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री बलबहादुर केसीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

कांग्रेस नेता शेखर कोइरालानिकट केसीले आफू कांग्रेसको एक इमानदार कार्यकर्ता भएको भन्दै उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

उनले चारतारे झन्डा र रूख चिह्न भएका उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

नेता केसीलाई कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले एक नम्बरमा रहने गरी उम्मेदवार सिफारिस गरेको थियो । तर उनले आफै यसपटक चुनाव नलड्ने घोषणा गरेका हुन् ।

साथै उनले २०७९ सालको निर्वाचनमै आफूले अर्को निर्वाचन नलड्न पनि सक्छु भनेको स्मरण गरे ।