स्थापनाको दुई वर्ष नपुग्दै अख्तियारको छानबिनमा सामाजिक विकास मन्त्रालय
खबर एक्सप्रेस
२०७६-१०-०१ ११:०० मा प्रकाशित
Total Shares: 593
काठमाडौं - स्थापनाको दुई वर्ष नपुग्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पाँच कार्यक्रमका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
१६ वटा टाइप बी एम्बुलेन्स खरिद, ८८ वटा अल्ट्रासाउन्ड मेसिन खरिद, निःशुल्क बाँड्ने औषधी खरिद, अस्पतालका लागि अक्सिजन प्लान्ट खरिद र निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा आर्थिक अनियमितता भएको आशंकामा अख्तियारले मन्त्रालयको सो सम्बन्धि सबै कागजात नियन्त्रणमा लिएको हो ।
अख्तियारको कञ्चनपुर कार्यालयका प्रमुख बाबुराम खतिवडाले सामाजिक विकास मन्त्रालयका ती कार्यक्रमहरु अनुसन्धानको दायरामा ल्याएको बताए ।
कारोबारबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस