काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक सन्दर्भमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

चौतर्फी विरोध र आलोचनापछि सरकारले ल्याएका दल विभाजनलाई खुकुलो पार्ने र संवैधानिक परिषदमा प्रतिपक्षको भूमिकालाई निषेध गर्ने अध्यादेश पनि खारेज भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फिर्ता लिने निर्णय गरे लगत्तै राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरेकी हुन् ।

अध्यादेश फिर्ता गर्ने निर्णय गरेको केही बेरमै प्रधानमन्त्री ओलीले सभापति देउवालाई बालुवाटार बोलाएका थिए ।