काठमाडौं उपत्यकामा थप ३ हजार २३२ जनामा कोरोना संक्रमण
काठमाडौं - काठमाडौं उपत्यकामा थप ३ हजार २३२ जनामा कोरोना भाइरस पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३२३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
काठमाडौंमा मात्रै २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै उपत्यकामा कोरोना भाइरसका ३६ हजार ६७ जनामा संक्रमण सक्रिय छ। काठमाडौंका २४ हजार ३८९, भक्तपुरका ४ हजार ७८३ र ललितपुरका ६ हजार ८९५ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा नेपालमा २२ हजार ८७ जनाको कोरोना परीक्षण गरेको थियो। त्यसमध्ये ८ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो। ६ हजार ५४३ जना निको भएका छन् भने १९० जनाले ज्यान गुमाएका छन्।
फेसबुक पेज Like गर्नुहोस