मुग्लिन-नारायणगढ सडक अझै खुल्न सकेन
खबर एक्सप्रेस
२०८२-०६-०४ ०७:१६ मा प्रकाशित
Total Shares: 81
चितवन - पहिरोका कारण मुग्लिन–नारायणगढ सडक रातिदेखि दुईतर्फी नै बन्द छ ।
हिजो बेलुकी चितवनको इच्छाकामना गाउँपालिका-६ मा पर्ने तुइन खोलामा खसेको पहिरोले सडक रातभर अवरुद्ध भएको हो ।
थप पहिरो झर्ने जोखिम कायमै रहेकाले राति सडक बन्द गरिएको थियो । तर, रातिदेखि बन्द सडक बिहान ६ बजेसम्म पनि खुल्न सकेको छैन ।
रातभर सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौं यात्रु बाटोमै अलपत्र परेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस