आन्तरिक हवाई उडान १७ असारबाट संचालन गर्ने निर्णय
खबर एक्सप्रेस
२०७८-०३-०९ ०६:४२ मा प्रकाशित
Total Shares: 259
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाइ उडान असार १७ गतेदेखि संचालन गर्न दिने निर्णय गरेको छ।
यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरी सञ्चालन गर्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले उडानको मिति तोक्ने जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिएको थियो ।
बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न वायुसेवा कम्पनीहरुलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेर यस्तो जानकारी गराइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको सो निर्णयसँगै वायुसेवा कम्पनीले टिकट बिक्रि शुरु गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस