काठमाडौं - वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २४ जना नेपालीको शव नेपाल ल्याइदैँछ । कतारबाट २० र अन्य देशबाट ४ वटा शव शुक्रबार दिउँसो काठमाडौं आइपुग्ने बैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका अनुसार कतारबाट २०, युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो । कतार एयरवेजमार्फत् दिउँसो १२ बजे ४३ जना नेपाली र २० वटा शव लिएर नेपाल ल्याइने तयारी भैरहेको बोर्डले जनाएको छ । उनीहरुलाई कतार सरकार आफैँले नेपाल पठाउन लागेको हो।

बोर्डका अनुसार कतारबाट कपिलबस्तुको दोहनीका महमुद अलमान मुसलमान,बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, सर्लाहीको हरिवनका मुस्ताक साइक, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद मण्डलको शव ल्याइँदैछ।

यसैगरि मोरङको कोसी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पंजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव कतारबाट ल्याइँदै छ।

साउदीबाट भैरब बहादुर बस्नेतको शव ल्याउन लागिएको हो । युएईबाट पेम्बा नुर्बु शेर्पा सोलु र कुवेतबाट सोनि तामाङ, नुवाकोट र मानव आले, सङ्खुवासभाको शव ल्याइँदैछ ।