काठमाडौं - सरकारले गरीब तथा विपन्न परिवारलाई प्रतिपरिवार १० हजार नगद अनुदान दिने भएको छ ।

आज संसदमा प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका ५ लाख गरीब तथा विपन्न परिवारलाई प्रतिपरिवार १० हजार नगद अनुदान दिने घोषणा गरेका हुन् । 

सरकारले चालु आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएकाे छ ।