बोरिङ खन्दा जोरपाटीमा प्राकृतिक ग्याँस निस्कियाे
खबर एक्सप्रेस
२०७९-०४-०३ ०१:२३ मा प्रकाशित
Total Shares: 366
काठमाडौं - काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित एक घरमा बोरिङ खन्दा प्राकृतिक ग्याँस र पानीको फोहोरा निस्किएको छ ।
जोरपाटी चामुण्डा गेट नजिकैको एक घरमा बोरिङ खन्ने क्रममा आज (मंगलबार) बिहान १० बजेदेखि ग्याँस र पानीको फोहोरा निस्किएको हो । करिब ३ सय फिट जमिन खनेपछि ग्याँस निस्किएको थियो । प्रहरीको टोली घटनास्थलमा खटिएको जनाइएकाे छ ।
तर, यो कस्तो खालको ग्याँस हो भनेर पहिचान भने गर्न सकेका छैनन् । यो ग्याँस सम्बन्धी अध्ययन गर्न खानी तथा भूगर्भ विभागलाई जानकारी गराइने भएकाे छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस