काठमाडौंको फोहोर उठ्न अझै केही दिन लाग्ने
काठमाडौं-स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौं महानगरपालिकाको फोहोर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ ।
महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी दिए ।
‘यही साउन १ गतेदेखि महानगरपालिका फोहर उठेको छैन, अझै चाररपाँच दिनसम्म उठ्ने सम्भावना छैन’, उनले भने, ‘कि ेमान्छे हटाऊ, कि फोहोर हटाऊ भन्ने त्यहाँका स्थानीय बासिन्दाको मुख्य माग रहेको छ । विस्तारै माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको हो ।’
फोहर विसर्जनका लागि महानगरपालिका छलफलको प्रक्रियामा रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए ।
‘स्थानीय बासिन्दाले फोहोरकै दुर्गन्धका कारण बस्न कठिनाइ भएको भन्दै अवरोध गरेका छन् । महानगरपालिका यस विषयमा छलफल गरी स्थानीयवासीको मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ’ उनले भने ।
फेसबुक पेज Like गर्नुहोस