काठमाडौं - उर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्यालको इलाम जाने योजना स्थगित भएको छ ।

असोज १८ र १९ गतेको अविरल वर्षाले इलाममा सबैभन्दा बढी जनधनको क्षति भएपछि मन्त्री अर्याल र घिसिङ इलामको पहिरो प्रभावित क्षेत्रमा स्थलगत अवलोकन गर्न आज ११ बजे त्यसतर्फ जाने तयारी थियो ।

तर, सोमबार जहाजको टिकट नपाएपछि सो योजना स्थगित भएको गृह मन्त्रालय श्रोतले जनाएको छ ।