काठमाडौं - नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेता डोरमणी पौडेलले राजीनामा दिएका छन्। 

पौडेलको राजीनामासँगै बुधबार दिउँसो हेटौँडामा बसेको संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनेको छ । शाक्य अब बागमतीको मुख्यमन्त्री बन्ने एक नेताले जानकारी दिए । 

शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि मुख्यमन्त्री पौडेललाई राजीनामा गराएर उनलाई मुख्यमन्त्री बनाउन लागिएको हो ।