जाँचबुझ आयोगले रमेश लेखकसँग लिएको बयानप्रति ओलीले जनाए आपत्ति
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारद्वारा गठित जाँचबुझ आयोगलाई ‘सो कल्ड’ आयोगको संज्ञा दिएका छन् ।
आज एमाले आयोजना गरेको विचार गोष्ठी सम्बोधनका क्रममा पूर्वगृहमन्त्री रमेश लेखकसँग जाँचबुझ आयोगले लिएको बयानप्रति आपत्ति जनाउदै आयोगलाई ‘सो कल्ड’ आयोगको संज्ञा दिएका हुन् ।
गृहमन्त्रीजीलाई हिजो सो कल्ड आयोगले बोलाएर बयान लियो भन्दै ओलीले प्रश्न गरे-‘गृहमन्त्रीसँग किन बयान लिएको ? मुछ्न खोजेको होइन ? दलहरूलाई बदनाम गर्न खोजेको होइन ? गृहमन्त्रीले त्यहाँ गोली चलाएको थियो ? हल्ला चल्या छ, प्रधानमन्त्रीसँग पनि बयान लिन्छ, यो चुनावको वातावरण बनेको हो र ? पासपोर्ट रोक्का, यो तामासा के हो त्यो ?’
उनले आफूसँग पनि आयोगले बयान लिने हल्ला सुनेको पनि बताए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस