अर्जेन्टिनालाई पराजित गरेपछि साउदीमा राष्ट्रिय बिदा
खबर एक्सप्रेस
२०७९-०८-०७ ०९:३० मा प्रकाशित
Total Shares: 124
काठमाडौं,एजेन्सी - फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि राष्ट्रिय बिदा घोषणा गरेको साउदीका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
साउदी अरेबियाका राजा सलमानले बिहीबार सरकारी र निजी कर्मचारीलाई बिदा दिने घोषणा गरेका हुन् । विद्यालयहरु पनि बन्द रहनेछन् ।
शाही अदालतका सल्लाहकार र साउदी अरेबियाको सामान्य मनोरन्जन प्राधिकरणका प्रमुख टर्की अल–शेखले मंगलबार सहरका मुख्य थिम पार्क र मनोरन्जन केन्द्रहरूमा निःशुल्क प्रवेश दिइने घोषणा गरे।
मंगलबार दोहाको लुसेल स्टेडियममा भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २– १ पराजित गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस