राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु, कसले मार्ला बाजी ?
खबर एक्सप्रेस
२०७८-०२-०६ ०४:५८ मा प्रकाशित
Total Shares: 309
काठमाडौं - बागमती प्रदेश राष्ट्रियसभा सदस्य पदका लागि भएको उपनिर्वाचन अन्तर्गत मतगणना सुरु भएको छ ।
बिहान ९ बजे सुरु भएको मतदान ३ बजे सम्पन्न भएको थियो । मतपरिणाम आज नै साँझसम्ममा आउने सम्भावना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचनमा ९७ प्रतिशत मत खसेको छ । १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेका छन् । स्थानीय तहका ५ जना र प्रदेशसभाका ५ जनाले मतदान नगरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।
फेसबुक पेज Like गर्नुहोस