साताको पहिलो दिन कति छ सुनको भाउ ?
खबर एक्सप्रेस
२०७६-१०-२६ ११:०० मा प्रकाशित
Total Shares: 348
काठमाडौं - साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ ।
गत शुक्रबार प्रतितोला ३ सय रुपैयाँ बढेको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको हो ।
आज तोलामा ४ सयले बढेर छापावाल सुन प्रतितोला ७६ हजार रुपैयामा कारोवार भइरहेको नेपाल सुचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै , आज तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।आज सुनको भाउ बढेपनि चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
फेसबुक पेज Like गर्नुहोस