देशमा पश्चिमी वायुको प्रभाव, केही स्थानमा हिमपात हुने
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव छ । हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ का अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।
जारी सूचनाका अनुसार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, राती प्रदेश नं १ मा आंशिक बदली रही बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस