काठमाडौं - वैशाख ७ गतेदेखि कोरोनाभाइरसविरुद्धको दोस्रो चरणको खोप लगाइने भएको छ । पहिलो चरणको खोप लगाएकालाई वैशाख ७ गतेदेखि ११ गतेसम्ममा खोप लगाइसक्न भनेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै तोकिएको समयमा खोप लगाउन भनेको छ । माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागेको हो ।

मन्त्रालयले सबै स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरूलाई सो खोप दिन लागेको जनाएको छ।

दोस्रो चरणको खोप लिनलाई खोप कार्ड अनिवार्य लिएर खोप केन्द्रमा जान भनिएको छ।