तोकिएको समयमै आउला त मेलम्चीको पानी ?
खबर एक्सप्रेस
२०७६-०९-२४ ११:०० मा प्रकाशित
Total Shares: 242
काठमाडाैं - मेलम्ची खानेपानी आयोजनाको काम तोकिएको समयमै सकिने सम्भावना बढेको छ ।
खानेपानी मन्त्रालयमा बुधवार भएको छलफलमा मेलम्ची खानेपानी विकास समितिले तोकिएको समयमै योजना सकिनेबारे मन्त्री बिना मगरलाई विश्वस्त पारेको छ ।
मन्त्री मगरले आयोजनाको पछिल्लो प्रगतिबारे छलफल गरेकी थिइन् ।
सो अवसरमा मन्त्री मगरले तोकेको समयभित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी काममा तीव्रता दिन निर्देशन दिएकी थिइन् ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस