घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-०४-२६ ११:५६ मा प्रकाशित
Total Shares: 255
काठमाडौं - सोमबार सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा दुई सय रुपैयाँले घटेर एक लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार सुन तोलामा एक लाख २ हजार ६ सयमा कारोबार भएको थियो । आइतबार पनि मूल्य घटेको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस