काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले डिल आयो डट कममा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् ।

बैंकका डेबिट/क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा १ रुपैयाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २५ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

यो योजना यही कात्तिक ६ गते सम्म लागू हुने छ । नजिकिँदै गरेको महान चाड दशैलाई लक्षित गरि ल्याइएको यो योजना बाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण बिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।