काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ३ हजार ८११ नमुना परीक्षणका क्रममा १७ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै कोरोनाका कारण आज थप व्यक्तिकाे मृत्यु भएको छैन भने थप १५ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २१७ रहेको छ ।