काठमाडौं - लकडाउन थपिएपछि बैशाख ६ गतेसम्म सबै अदालत बन्द रहने भएको छ ।

शुक्रबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै लकडाउन सकिएको ३ दिन अर्थात् चैत ६ गतेसम्म अदालत बन्द रहने जानकारी दिएको हो ।

यसअघि सरकारले पहिलो चरणमा चैत १७ गतेसम्म लकडाउन गर्ने निर्णय गर्दा सर्वोच्च अदालतले चैत २१ गतेसम्म देशैभरमा अदालत बन्द गर्ने निर्णय गरेको थियो । तर, लकडाउनको अवधि थपिएपछि सर्वोच्च अदालतको पूर्ण वैठकले चैत २८ गतेसम्मका लागि अदालतका नियमित काम कारवाही बन्द गर्ने निर्णय गरेको थियो ।

तर चैत २४ गते बसेको मन्त्रीपरिषद् वैठकले लकडाउनको समय बढाएर चैत ३ गतेसम्म हुने निर्णय गरेपछि शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण वैठकले लकडाउनको हालको अवधि अर्थात् चैत ३ गते रातिबाट त्यसको ३ दिनपछि सम्म अर्थात् चैत ६ गतेसम्म देशैभरका सबै अदालतहरु बन्द गर्ने निर्णय गरेको हो ।

यदि सरकारले लकडाउनको अवधि बढाएको खण्डमा त्यसै अनुरुप अदालत पनि बन्द रहने र लकडाउन खुलेको ३ दिनपछि मात्रै अदालतको नियमित काम कारवाही सुरु हुने विज्ञप्तिमा उल्लेख छ ।