बजेट अधिवेशनअघि ओली-प्रचण्डबीच भेटवार्ता
खबर एक्सप्रेस
२०७७-०१-२६ ०१:३२ मा प्रकाशित
Total Shares: 562
काठमाडौं - प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा बजेट अधिवेशन र स्थायी कमिटी बैठकलगायतका विषयमा छलफल भएको निकट स्रोतले बताएको छ ।
संसदको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ। दुई अध्यक्षबीच कुरा मिल्न नसक्दा यसअघि बिहिबार तोकिएको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस