वरीयता क्रममा तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंह आईजीपीमा नियुक्त
खबर एक्सप्रेस
२०७९-०१-१८ ०१:५२ मा प्रकाशित
Total Shares: 327
काठमाडौं - सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको बताइएकाे छ ।
सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत थिए । सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर सरकारले तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस