सभामुख चयनका लागि निर्वाचन माघ १२ गते
खबर एक्सप्रेस
२०७६-१०-०६ ११:०० मा प्रकाशित
Total Shares: 406
काठमाडौं - प्रतिनिधिसभामा रिक्त सभामुख पदको निर्वाचन माघ १२ गते हुने भएको छ ।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा दलहरुबीच सभामुखको निर्वाचन १२ गते गर्ने सहमति भएको हो । सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएका थिए । अहिले सभामुख पद रिक्त छ ।
उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आजै उपसभामुख पदबाट राजीनामा दिएकी छन् । संसदमा दुई तिहाई बहुमत नजिक रहेको नेकपाले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस