सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
खबर एक्सप्रेस
२०७९-०६-०७ १०:५२ मा प्रकाशित
Total Shares: 155
काठमाडौं - सानिमा बैंकका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन् । उनीहरूले आफ्नो नाममा रहेको ५१ लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
सानिमाकै संस्थापक सेयरधनीले न्यूनतम १४५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस