काठमाडौं - काठमाडौं उपत्यकामा बिहीबार थप दुई हजार पाँच सय ४० जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा दुई हजार ८५ जना, ललितपुरमा तीन सय २० जना र भक्तपुरमा एक सय ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर बिहीबार ३४ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।