काठमाडौं - नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३४५६ मा पिसिआर गर्दा १७६ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा भक्तपुरमा ४, ललितपुरमा ८ र काठमाडौँमा ८७ गरी उपत्यकामा मात्रै ९९ सय जनामा कोरोना संक्रमण पुष्टी भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ।

पछिल्लो २४ घन्टामा ११७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार २४० पुगेको छ। यसैगरी आजसम्म कोरोना संक्रमित ४७ जना आइसियूमा र ११ जना भेन्टिलेटरमा उपाचररत छन्।