नेसन्स लिग फुटबल: हालान्डको दुई गोलमा नर्वेको रोमान्चक जित
खबर एक्सप्रेस
२०७९-०३-०२ ०८:०० मा प्रकाशित
Total Shares: 254
काठमाडौं - यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा नर्वेले स्विडेनलाई ३–२ अन्तरले पराजित गरेको छ ।
रोमान्चक बनेको खेलमा नर्वेलाई जिताउन युवा स्टार खेलाडी अर्लिङ हालान्डले दुई गोल गरे । यस्तै, एलेक्सजेण्डर सोर्लोथले एक गोल गरे । स्विडेनका लागि इमिल फोर्सवर्ग र भिक्टोरले सान्त्वना गोल गरे ।
जितसँगै नर्वेले ४ खेलबाट १० अंक जोड्दै समूह बी४ मा शीर्षस्थानमा छ । स्विडेन ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस